Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

शम्भुनाथ कृषि मेला प्रदर्शनी! शम्भुनाथ नगरपालिका सप्तरी।

शम्भुनाथ कृषि मेला प्रदर्शनी! शम्भुनाथ नगरपालिका सप्तरी।

शम्भुनाथ कृषि मेला प्रदर्शनी!



शम्भुनाथ सप्तरी: कृषि ज्ञान केन्द्र राजविराजको आयोजनामा गरेको कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । सप्तरीको शम्भुनाथ मेलामा बैशाख १५ देखि १८ गतेसम्म आयोजित कृषि मेला प्रदर्शनीको मंगलबार समापन गरिएको छ ।  

कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख किसुनदेव राउतको अध्यक्षता तथा शम्भुनाथ नगरपालिकाकी कार्यवाहक मेयर अनिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा आयोजित समापन समारोहमा प्रदर्शनीमा राखिएका विभिन्न कृषि उत्पादनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान ल्याउने किसानहरूलाई क्रमशः १ हजार ५ सय, १ हजार २ सय, १ हजार र ८ सयका दरले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।  

बोदेबर्साइनकी सविता कुमारी साह आलुबालीतर्फ प्रथम, शम्भुनाथ ५ की मधु कुमारी चौधरी गहुँ बालीमा प्रथम, शम्भुनाथ ३ का जगदेव मण्डल कालो मसुरो बालीमा प्रथम, शम्भुनाथ १२ की मिनु कुमारी चौधरी उन्नत तोरी बालीमा प्रथम र सोही वडाकी सुरेखा कुमारी चौधरीलाई लोकल लसुन बालीमा प्रथम घोषित गरिएको थियो ।  

Post a Comment

0 Comments