Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

शम्भुनाथ २ का ६१ जना सुकुम्बासीलाई जग्गाधनी प्रमाण 

 शम्भुनाथ  २ का ६१ जना सुकुम्बासीलाई जग्गाधनी प्रमाण 

शम्भुनाथ  २ का ६१ जना सुकुम्बासीलाई जग्गाधनी प्रमाण

सप्तरीको शम्भुनाथ नगरपालिका २ का ६१ जना भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाण ( निस्सा) वितरण गरिएको छ । शम्भुनाथ नगरपालिका २ का वडा अध्यक्ष दुर्गानन्द भगतको अध्यक्षता तथा राष्ट्रिय भुमी आयोग जिल्ला समिति सप्तरीका विज्ञ सदस्य पञ्चदेव चौधरीको प्रमुख आतिथ्यमा ट्राफिक बजारमा बिहीवार आयोजित एक समारोहका विच उनीहरुलाई जग्गाधनी प्रमाण वितरण गरिएको छ ।


शम्भुनाथ नगरपालिकाद्वारा आयोजित कार्यक्रममा ५० जना भुमिहिन दलित र ११ जना भुमिहिन सुकुम्बासी गरि ६१ जनालाई प्रमुख अतिथि विज्ञ सदस्य चौधरी, आयोगका जिल्ला सदस्य हरिनारायण महतो, अनार देवी चौधरी, वडा अध्यक्ष  दुर्गानन्द  गतलगायतकाले जग्गाधनी प्रमाणपत्र ( निस्सा ) वितरण गरेको छ।

Post a Comment

0 Comments