Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

छिन्नमस्ता मन्दिरमा सरसफाईसहित अन्तर्राष्ट्रिय बाल दिवस जिल्ला बाल क्लब सञ्जाल सप्तरीले सम्पन्न गरेको छ।

छिन्नमस्ता मन्दिरमा सरसफाईसहित अन्तर्राष्ट्रिय बाल दिवस जिल्ला बाल क्लब सञ्जाल सप्तरीले सम्पन्न गरेको छ।
सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा 'बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी' भन्ने मूल नाराका साथ जिल्ला बाल क्लब सञ्जाल सप्तरीले अन्तर्राष्ट्रिय बाल दिवस २०८२ भव्यताका साथ मनाएको छ। दिवसको उपलक्ष्यमा पवित्र तीर्थस्थल श्री छिन्नमस्ता भगवती मन्दिरको प्राङ्गण सरसफाई गरी बाल दिवस कार्यक्रम सम्पन्न गरिएको छ।
मिति २०८२ साल मङ्सिर ३ गते बुधबारको दिन छिन्नमस्ता भगवतीको मन्दिर प्राङ्गणमा जिल्ला बाल क्लब सञ्जाल सप्तरीको आयोजनामा भएको यस कार्यक्रममा छिन्नमस्ता भगवती मन्दिर परिसरको सरसफाई गरी सम्पूर्ण उपस्थित बालबालिका तथा अभिभावकहरूलाई सरसफाईको महत्त्वबारे सन्देश प्रवाह गरिएको थियो।कार्यक्रमको अध्यक्षता जिल्ला बाल क्लब सञ्जाल सप्तरीका अध्यक्ष शिव शंकर मण्डलले गर्नुभएको थियो।
भने प्रमुख अतिथिमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला बाल क्लब सञ्जालका सदस्यहरू र छिन्नमस्ता गाउँपालिका स्तरीय बाल क्लब सञ्जालका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।यस कार्यक्रमलाई सफल बनाउन छिन्नमस्ता गाउँपालिका, सबल नेपाल, सेभ द चिल्ड्रेन र Save The Saptari संस्थाहरूले महत्त्वपूर्ण सहयोग तथा समन्वय गरेका थिए।
र कार्यक्रमको समन्वय‌मा गाउँपालिका स्तरीय बाल क्लब सञ्जाल, छिन्नमस्ता गाउँपालिका र District Child Club Network Saptari थियो। अध्यक्ष मण्डलले बाल अधिकारको सुनिश्चितताका लागि बाल क्लब सञ्जाल निरन्तर लागिपर्ने बताए भने गाउँपालिका अध्यक्ष चौधरीले बालबालिकाको उज्ज्वल भविष्यका लागि गाउँपालिकाले लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। सरसफाई कार्यक्रमले बालबालिकाहरूलाई वातावरणीय चेतना र सामाजिक जिम्मेवारीप्रति प्रेरित गरेको आयोजकले जनाएको छ।

Post a Comment

0 Comments